September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सुजिता भण्डारी प्रकरण: पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि

चितवन, चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षिया सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहका अनुसार पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै काटिएको भए पनि बलात्कार नगरिएको पुष्टि भएको हो ।

भण्डारीको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो । डिआईजी सिंहले भने, “कसैले गर्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आए पनि हाल हेर्न भने नमिल्ने उनको भनाइ छ ।

पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको डिआईजी सिंहले बताए । उनले भने,“हाइमेन च्यातिएको छैन, रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ । भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको छ ।”

यसअघि सुजिताको शव आइतबार साँझ भेटिएको थियो भने असार ११ गते विहान ६ बजे घरबाट हिँडेकी उनले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी दिएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको