August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

भारत जाँदै गरेका चार युवतीको उद्धार

काठमाडौं, भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । 

शान्ति पुनःस्थापना गृह कञ्चनपुरले दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराका अनुसार भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको हो । 

पुनःस्थापना गृहले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । यस्तै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको