September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

यी नै जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित

काठमाडौं, मुलुकका नौ जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

देशभर सक्रिय सङ्क्रमितको संख्या २३ हजार ७५६ जना रहेका छन् । काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको