September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

जसपा छिट्टै फुट्ने बाबुरामको संकेत, पार्टी एकता र फुटको कुनै फर्मुला हुन्न ! 

file photo

काठमाडौं, जनता समाजवादी पार्टी, नेपाल(जसपा) का नेता डा. बाबुराम भट्टराईले पार्टी चाँडै फुट्ने संकेत गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले जतिसक्दो छिटो टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

ट्विटरमा ट्वीट गर्दै भट्टराईले लेखेका छन्,‘पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न । बरु पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो !’ यसैगरी उनले पार्टीको एकता र फुटको कुनै फर्मुला नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न।तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ!मुख्य कुरो कहाॅ पुग्ने(लक्ष्य) र कुन बाटो जाने(कार्यदिशा)भन्ने हो! पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि पुगिन्न।बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो!”


शीर्ष समाचार

धेरै पढिएको