September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

रुपा प्रकरण: शिक्षामन्त्री श्रेष्ठलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले रुपा सुनार प्रकरणमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई लिखित जवाफ दिन आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले रुपामाथि जातीय विभेद गरेकी घरधनी सरस्वती प्रधानलाई रिहा गराउन पदको दुरुपयोग गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न भन्दै परेको रिटमाथि सुनुवाई गर्दै लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अदालतले दुवै पक्षलाई बोलाएको छ ।

सर्वोच्च अदालतको आदेशमा १५ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत् लिखितजवाफ पेस गर्न भनिएको छ । जातको आधारमा व्यक्ति विरुद्ध छुवाछुतको भेदभाव गरिने कार्य क्रुर र अमानवीय कार्य रहेको भन्दै आदेशमा के कसो भएको हो ? आदेशमा उल्लेख छ ।

विपक्षीहरु समेतको सहभागितामा छलफल गरी शिघ्रातिशिघ्र टुंगो लगाउन वाञ्छनीय भएको भनिएको छ भने रिट निवेदनलाई अग्राधिकार प्रदान समेत गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको