September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

पर्वतमा खोलाले बगाएको गाडी भेटियो, तीन जना अझै बेपत्ता


पर्वत, पर्वतमा अविरल वर्षासँगै आएको बाढीले बगाएको गाडी भेटिएको छ । वर्षाका कारण मध्यराती  गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो । 


मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि हराएका तीन जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ जनालाई बगाएको हो ।

प्रहरीका अनुसार गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो । गाडी भेटिएपछि हाल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा लागेको प्रहरीले जनाएको छ । 

मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेपत्ता भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको जिल्ला प्रहरी कार्यलय प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको