September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिप्रती नेबि संघको भर्त्सना

काठमाडौं, नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिप्रती भर्त्सना गरेको छ ।

आज पेट्रोलिय पदार्थको मुल्य वृद्धिको बिरोधमा गरिएको एक कार्यक्रममा भ्रष्ट, नालायक, जनतामारा सरकारले पेट्रोलियम पदार्थमा पुनः मुल्यबृद्धि गरेको भन्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकिय उपभोग्य बस्तुमा मुल्यवृद्धिको कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताएका छन् ।

उनले संकटका बेला जनताको चुलो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको भन्दै पटक पटक आम उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मुल्यवृद्धिका बिरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्नसमेत अपिल गरेका छन ।

शीर्ष समाचार

धेरै पढिएको