
दक्षिण काेरिया – कोरियाको खिम्हे शहरमा अवस्थित ‘खिम्हे माइग्रेन्ट हाउस’को सभाकक्षमा ख्याङसाङले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमका साथसाथै शाखा कार्यालयको उदघाटन कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
एनआरएनए ख्याङसाङका अध्यक्ष श्री भेषराज दाहालको सभापतित्वमा सम्पन्न गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथिमा एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदि थिए भने।विशिष्ट अतिथीमा एनआरएनए कोरियाका उपाध्यक्ष संजीव राई लगायत उक्त कार्यक्रममा ख्यङ्साङनाम्दो र मोफसलमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष,प्रतिनिधि,मजदुर व्यवसायी तथा अतिथिहरूले शुभेक्षाका साथसाथै एनआरएनए कोरियाका सम्बन्धमा आफ्ना विचार, सल्लाह तथा जिज्ञासाहरू पनि व्यक्त गरेका थिए ।
एनआरएनए काेरियाका अध्यक्ष यज्ञराज सुवेदीले काेभिड १९ को महामारीमा चार्टड विमानका विषयमा उठेका विभिन्न सवाल र टिका टिप्पणीलाई पनि उदृत गर्दै आफ्ना स्पष्ट भनाईहरू राखेका थिए अन्तरक्रिया कार्यक्रमपछि ख्याङसाङ का अध्यक्ष ले औपचारिक कार्यक्रम समापन गरि उनकाे अनुरोध मा प्रमुख अतिथी लगायत सबै अतिथीहरूको हातबाट संयुक्त रूपमा रिबन काटी शाखा कार्यलयको उदघाटन सम्पन्न भएको हाे ।

कार्यक्रम सञ्चालन एनआरएनए क्षेत्रिय शाखाका महासचिव शिव भट्टले गरेका हुन् भने स्वागत मनतब्य उपाध्यक्ष सुजाता बस्नेतकाे थियो।उक्त कार्यक्रममा यस एनआरएनए शाखाले विगत २-३ वर्षदेखि गर्दै आईरहेको यस क्षेत्रमा निकै आकर्षण रहेको ‘पुल प्रतियोगिता’ लाई निरन्तरता दिँदै यसपटक पनि आयोजना गर्ने घोषणा गरेकाे छ ।

प्रतियोगितामा एक-एक प्रतिनिधि खेलाडी सहभागी गराईदिनका लागि संगठनका सचिव दिपक रिमालले सबै संघसंस्थालाई अनुरोध पनि गरेका छन् । पुल प्रतियोगिता आउँदो अगष्ट महिनाको १६ तारिखमा खिम्हेस्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टमा आयोजना गरिने बताईएको छ। उक्त पुल प्रतियोगिता को दर्ता शुल्क ५० हज़ार वन रहेको पनि जानकारी गराउदै इच्छाएकाे व्यक्तिले दर्ता गर्न सकिने पनि जानकारी दिईएकाे छ । –





