August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

आजबाट ‘भेरो सेल’ खोपको दोस्रो मात्रा लगाउन शुरु

काठमाडौं, सरकारले विश्वव्यापी महामारी कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजबाट ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार  करिब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबारबाट  देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ । 

काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ भने खोप अभियान असार २४ गतेसम्म सञ्चालन हुने छ ।

शीर्ष समाचार

धेरै पढिएको