September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आयोगद्वारा सार्वजनिक निर्वाचन कार्यतालिकाप्रति कांग्रेसको आपत्ति

काठमाडौं, निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

संसद् विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा
सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको टिप्पणी छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक इजलासले २८ असारमा संसद् विघटन मुद्दामा फैसला गर्दैछ। यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले कार्यतालिका घोषणा गर्नु सन्देहपूर्ण छ । यसको मनशाय निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने पनि हो ।’

शीर्ष समाचार

धेरै पढिएको