August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

कपिलवस्तुमा महिलाहरुलाई पौष्टिक आहारा वितरण कार्यक्रम सम्पन्न

कपिलवस्तु, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गर्भवती तथा सुनौलो हजार दिन भित्रका महिलाहरुलाई पौष्टिक आहारा वितरण कार्यक्रम कपिलवस्तु नगरपालिका-१ को कार्यालयमा सम्पन्न भएको छ ।

सोमबार कपिलवस्तु नगरपालिका-१ का वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कपिलवस्तु नगरपालिका उप-प्रमुख लक्ष्मी गुप्ताको प्रमुख आतिथ्यमा तथा कार्यक्रमको सहजकर्ता रुकैया खातुनको उपस्थितिमा ३० जना महिलाहरुलाई पौष्टिक आहारा वितरण गरिएको छ ।

सो कार्यक्रम कपिलवस्तु नगरपालिकाको १२ वटा वडा कार्यालयमा गरेको सहजकर्ता रुकैया खातुनले जानकारी दिइन् ।

शीर्ष समाचार

धेरै पढिएको