September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

रुकुम पश्चिमा दुई समूहबीच झडप हुँदा २ जना घाइते

रुकुम, रुकुम पश्चिमा दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार साँझ आठबिसकोट नगरपालिका–३ स्थित खदी भन्ने ठाउँमा घोडालाई ट्याक्टरले ठक्कर दिएको बिषयमा युवाहरुको दुई समुहबिच झडप भएको हो ।

उक्त झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार घटना स्थल डोल्पाको सिमनामा पर्ने अति विकट गाउँमा हो ।

यस्तै प्रहरी स्रोतका अनुसार चाहनेहरुलाई शुक्रबार साँझै नै सदरमुकामका अस्पतालमा ल्याउन खोजिए पनि हेलिकप्टर समेत बस्ने नसक्ने भएपछि स्थानीयले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल लगेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको