September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

दाेर्दि गाउँपालिका हिलेबजारका बाढिपिडितलाई अभियानता लाेहनिद्वारा सहयोग हस्तान्तरण

लमजुङ ,असार १८ । गएकाे असार १ गते आएको अविरल वर्षाका कारण लमजुङ जिल्ला दोर्दि गाँउपालिकाकाे हिले बजारमा बाढी आएको थियाे । उक्त बाढिका कारण गाउँपालिकाकाे १५० घर प्रवाहित बनेकाे हाे। जसमध्ये पुर्ण रुपमा क्षति भएका २४ घर परिवारलाई सहयोग गरिएको छ ।

बाढिले प्रभावित भएका पालिकावासिलाई सहायता दिने उदेश्यले लमजुङ जिल्लाका सामाजिक अभियानता अनसुल लाेहनि र पत्रकार दिनेश लाेहनिकाे संयुक्त पहलमा देश तथा विदेशमा रहेका नेपालिबाट १ लाख ४७ हजार ३४२ रुपैयाँ सहयोग रकम संकलन गरि पिडित पालिका का बासिलाई खाद्यान्न सामाग्री सहयाेग गरिएको छ ।

खाद्यान्न सामाग्रीहरु बेसार १८ पोका , तेल ४८ लिटर, चिनि १८ केजि ,नुन १८ पोका, मस्याउरा २५ प्याकेट, बिस्कुट १८ प्याकेट , चाउचाउ ९ काटुन, चिउरा ३६ केजि , दालमोट १८ प्याकेट , भुजा ३६ पोका, साबुन नुहाउने १८ वटा , लुगा धुने १८ वटा, मञ्जन १८ वटा , दाल ३७ केजि , सहयाेग गरिएको छ ।

स्वास्थ्य सामाग्रि , प्यारासिटामोल १८ पत्ता , mefdil 18 , sinex 36 पत्ता, जिवनजल ३६ पत्ता, प्याड १८ वटा गरि अन्य त्रिपाल १८ वटा ,र ओड्ने प्लाष्टिक १८ वटा आदि खाद्यान्न सामाग्रीहरु , स्वास्थ्य सामाग्रीहरु दाेर्दि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तुखबहादुर घलेलाई सामाजिक अभियानता अनसुल लाेहनिले गत असार १६ गगे हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी अभियानता लाेहनिका अनुसार खाद्यान्न सामाग्रीका साथै आवाज निर्माणका लागि नगद ५०,००० हजार पनि हस्तान्तरण गरिएकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको