October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

सशस्त्रमा बढुवा प्रक्रिया सुरु, प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरु डीआईजी बन्ने

सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ ।

मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । यसअघि मानवस्रोत विभागमा पुष्पराम केसी थिए । ७ असारको मन्त्रिपरिषद बैठकले उनलाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । उनीमाथि बढुवा प्रक्रिया अघि बढाउन नसकेको आरोप लाग्दै आएको छ ।

एआईजी पौडेलले डीआईजी बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेका छन् । एआईजी पौडेलद्वारा जारी सूचनामा तीन दिनभित्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ ।

एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् । सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको