October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

रुपा सुनार विरुद्ध सरस्वती प्रधानले दिइन उजुरी

काठमाडौं असार १६ । जातीय कारण घरभाडामा नदिएकाे भन्दै आएकी रुपा सुनार विरुद्ध सरस्वती प्रधानले आज उजुरी दिएकि छन् । प्रधानलाई दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकाे थियाे ।तर बुधबार प्रधानले षड्यन्त्रमुलक ढंगले आफुलाई फसाएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् । उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

आफूलाई दलित भएको कारण कोठा नदिएको भन्दै रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि प्रधान पक्राउ परेकी थिइन् । उनलाई प्रहरीले ३ दिन थुनामा राखेर छाडेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएको आरोप रुपालाई लगाएकी छन् ।

रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको’ उनको उजुरीमा उल्लेख गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको