April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

गैर आवासिय नेपाली सङ्घ ख्याङ्सानकाे कार्यसमिति चयन,अध्यक्षमा बिबिद्र राई निर्वाचित

काेरिया किम्हे , असार १६ गैर आवासिय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद ख्याङ्सान क्षेत्रले गत आइतबार नयाँ नेतृत्व अर्थात कार्यसमिति चयन गरेकाे छ । उक्त नेतृत्वको लागि प्रारम्भिक अवस्थामा ६ जना आकाङ्क्षी भए पनि बन्द सत्रमा ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्णायर्थ :उदयपुरका बिबिन्द्र राई संस्थाकाे अध्यक्षमा निर्वाचित भएका छन् ।

आईतबार सम्पन्न शाखाको चौथो अधिवेशन भएको थियाे । उक्त अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा बिबिन्द्र राइ र उपाध्यक्ष हरुमा सानुराज मगर, सुबोध भण्डारी, साजन थापा र योगिता गौतम रहेका छन् ।

त्यस्तै सचिव मा गोकुल पौडेल, सहसचिव राम पौडेल, कोषाध्यक्ष संजीव बुढाथोकी छन् भने सहकोषाध्यक्ष पछि चयन हुनेछ त्यस्तै सदस्यहरु बिमल बानियाँ, ओम भण्डारी, दिल बहादुर रसाईली र शिव विश्वकर्मा रहेका छन् । किम्हे शहरको माईग्रेन्ट हाउसमा सम्पन्न अधिवेशनपछि आएका पदाधिकारीलाई आईतवार नै सपथ ग्रहण गराइएको थियो ।

परिषदका केन्द्रिय अध्यक्ष यज्ञराज सुवेदी, बिनोद कुँवर, उपाध्यक्ष तथा क्षेत्रिय इन्चार्च सञ्जीव राई लगायत बिभिन्न सघ संस्थाको प्रतिनिधिको उपस्थितीमा अधिवेशन सम्पन्न भएको छ। विशेषगरी मजदुर र विद्यार्थीहरुमा आईपर्ने हरेक समस्यालाई क्षेत्रहरुबाट सबै कार्य समितिका पदाधिकारी हरे समाधानका लागि उचित पहल समेत गरिने उपाध्यक्ष तथा इन्चार्ज सन्जीव राई ले बताएका छन् ।

त्यसैगरी नव निर्वाचित अध्यक्ष बिबिद्र राईले बैदेशिक रोजगारीको क्रममा कोरिया बस्दै आएका नेपालीहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्दै मज्दुर मैत्रि बनाउन सम्बन्धित पक्ष्य सङ्ग लागीपर्ने प्रतिबद्धता जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको