April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

कांग्रेस नेता चन्द्र भण्डारीका कान्छो भाईको सवारी दुर्घटनामा परी मृत्यु

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका कान्छो भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवल तर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

अन्दाजी ५०/५२ वर्षका भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित लुम्बिनी हृदय रोग तथा मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको