October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

प्रचण्डको कामनै देश बर्बाद बनाउने हो : प्रधानमन्त्री

काठमाडौं, १४ असार । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बा बनाउने पात्रको रुपमा चित्रित गरेका छन् ।

आज (सोमबार) बालुवाटारमा आयोजित मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा बोल्दै उनल प्रचण्डका काम भनेको नै देश बर्बाद बनाउने भएको बताए ।उनले भने,‘प्रचण्डको काम देश बर्बाद बनाउने हो । त्यस्ता मान्छेलाई गुरु थापेर केही नेता हिँडेका छन् ।

होईन, उनीहरुलाई प्रचण्डपथमा हिँड्नु किन परेको होला ? अचम्म लाग्छ । प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ ।

सिके राउत, विप्लवलाई सही मार्गमा ल्याएकै हो ।’त्यस्तै, उनले प्रचण्डलाई छेपारोजस्तो रंग फेर्ने नेताको संज्ञा पनि दिए । उनले भने-“प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेका छन्, तर किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त ?

शीर्ष समाचार

धेरै पढिएको