March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन  गर्न  सकिने अवस्थामा पुगेको हो ।

अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति  स्तूप,  हरियाली  वनजङ्गल  र  माछापुच्छ«े हिमालको  सुन्दरता  एकैपटक  आनन्द  लिन सकिनेछ । कोरना  सङ्क्रमणको  हालको  अवस्थामा सुधार भएपछि केबलकार परीक्षण   गरिने अन्नपूर्ण  केबलकारका  सञ्चालकमध्येका  एक तीर्थराज  त्रिपाठीले  बताए ।

गत  वर्ष  नै निर्माण  सम्पन्न  गर्ने  तयारीमा  रहेको  केबलकार कोरोना  भाइरस  सङ्क्रमणका  कारण  एक  वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ । त्रिपाठीका  अनुसार  केबलकारका  लागि हाल  १८  वटा  गुन्डला  (डिब्बा)  रहेका  छन् भने  थप  गरेर  ३६  वटासम्म  पु¥याउन  सकिने कम्पनीले  जनाएको  छ ।

हाल  जडान  गरिएका १७  वटा  डिब्बा  यात्रुका  लागि  र  एउटा  डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ । प्रत्येक  डिब्बामा   एक   पटकमा आठ जनासम्मले  यात्रा  गर्न  सक्छन् ।  फेवाताल किनार  सेतीबगरदेखि  सराङकोटाको  डाँडासम्म करिब  आठ  मिनेटमै  पुग्न  सकिनेछध्र  एक घण्टामा  एक  हजार  पाँच  सय  जनाले  आउजाउ गर्न  सक्नेछन् ।  केही  दिनअघि  केबलकारको लठ्ठा  दुई  मिनेट  चलाएर  परीक्षण  गरिसकेको त्रिपाठीले बताए ।गोरखापत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको