October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

कांग्रेस प्रवक्ता शर्माको प्रश्न जातिय विभेदमा राज्य कहाँ उभिने प्रधानमन्त्री ज्यू ?

काठमाडौं, ११ असार । प्रधानमन्त्रीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातिय विभेदमत राज्य कहाँ नीर उभिने भन्दै प्रश्न गरेका छन् शर्माले आज एक विज्ञप्ती निकाल्दै भनेका छन्–‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ? न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ?’ उनले विभेदको कारण समाजमा अनेक अपमान, अवहेलना र हत्यासमेत जारी रहेको र शिक्षण अस्पतालबाट अजित मिजारको लाश अझै उठेको छैन्, नवराज विकहरुको घट्ना अझै आलै छ ।

विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजि गरिरहेको छ भन्दै महत्त्वपूर्ण कुराकाे उठान गरेका छन् । जातीय विभेदमा हुने नकारात्मक क्रियाकलापमा सरकारले आवश्यक भुमिका खेल्न पनि जरुरी छ ।

शीर्ष समाचार

धेरै पढिएको