April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेपाल प्रहरीको एसपी र डिएसपीको सरुवामा प्रहरी महानिरीक्षक थापा निरिह

काठमाडौं असार १२ । नेपाल प्रहरीको एसपी र डिएसपीको सरुवामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री निरिह देखिएका छन् । संवेदनशील मानिने जिल्ला र कार्यालमया राजनीतिक पहुँचका आधारमा सरुवाको निर्णय भएको छ ।

बाँके जस्तो संवेदनशील जिल्लामा विवादास्पद पृष्ठभुमी भएका एसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ । उनी राष्ट्रिय अनुसन्धान विभागबाट पावरका आधारमा आएका प्रहरीकाअधिकारी हुन् । उनी यसअघि पनि पटक पटक आर्थिक अनियमिततामा मुछिएका अधिकृत हुन् ।

त्यस्तै डिएसपी सरुवामा पनि निष्पक्ष हुन नसकेको गुनासो छ । महत्वपूर्ण कार्यालयमा झापा घर भएका डिएसपीहरुको दबदबा देखिएको छ । गौशला वृत्तका केशब भट्टराई, बौद्धका ढुण्डीराज नेउपाने र लैनचौर वृत्तको इन्चार्जमा सरुवा भएका दुर्गा दाहाल तीनै जना झापाका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थलाई प्रभावमा पारेर उनीहरुले यो अवसर पाएका हुन् ।

डिएसपी न्यौपाने यसअघि धरानको इन्चार्ज थिए । त्यहाँबाट बिदाई हुँदाको एक पार्टीमा उनको गाडी दुर्घटनामा परेको थियो । राजनीतिक पावरकै आधारमा उनले पटक पटक आकर्षक पोष्टिङ पाउँदै आएका छन् ।

त्यस्तै, इप्रका बुटवलको इन्चार्ज पाएका डिएसपी मदन कुँवरलाई अर्थमन्त्री विष्णु पौडेलले पठाएका हुन् । कुँवर पहिला पौडेलको पिएसओ हो । आफ्नो गृह जिल्लामा उनले आफ्ना विश्वासपात्रलाई पठाएका छन् । सरुवामा इन्चार्ज पाउनेमध्ये ८० प्रतिशतमा राजनीतिक सिफारिसअनुसार निर्णय भएको स्रोत बताउँछ । केहीले भने अख्तियारको सिफारिसमा इन्चार्ज पाएका छन् ।दृष्टिबाट

शीर्ष समाचार

धेरै पढिएको