
नेपालमा एसिड आक्रमणबाट २१ घटना भएको छ भने २३ जना पिडित छन् । ७ वर्षमा २१ घटना भई २३ जनामाथि एसिड प्रहार भइसकेकाे छ ।पछिल्लो घटना २०७७ /०४/८ बिहीबार घटेकाे घटना हाे । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ घटना भएका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ पनि परेका छन् ।
यो अवधिमा एसिड हान्नेमध्ये २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही भएको तथ्यांक छ । तर यस्तो आपराधिक मनोवृत्ति भने अझै रोकिएको छैन । देशभर २०७१, २०७४, २०७५ र २०७६ मा एसिड प्रहारका ४/४ वटा घटना भएकाे थियाे । २०७२ मा २ र २०७३ र बिहीबार १/१ वटा घटना यससँग सम्बन्धित छन् । २०७१ फागुन १० मा वसन्तपुरको झोंसेंमा एसएलसीको ट्युसन पढ्न गएका रामेछाप खनियापानीकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड हान्ने जीवन विक एक महिनापछि भारतबाट पक्राउ परेका थिए ।
२०७६ जेठ २ मा राजधानीको कालोपुलमा राति ८ बजे काभ्रेका विष्णु भुजेलले आफ्नी श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । २०७६ भदौ २० मा वीरगन्ज–१३ श्रीपुरकी १५ वर्षीया मुस्कान खातुनमाथि माजिद मियाँ र सम्साद मियाँको योजनामा एसिड प्रहार भयो । यीसहित घटनामा संलग्न अधिकांश पक्राउ परेर कारागारमा छन् ।
कुन सालमा कति घटना ?
२०७१ : घटना ४, पीडित ४, पीडक ४, २०७२ : घटना २, पीडित २, पीडक ४ २०७३ : घटना १, पीडित १, पीडक १ २०७४ : घटना ४, पीडित ४, पीडक ६ २०७५ : घटना ४, पीडित ५, पीडक ५ २०७६ : घटना ४, पीडित ५, पीडक ५ २०७७ : घटना १, पीडित १, पीडक २ सभार कान्तिपुरदैनिकएसिड प्रहार गर्नेविरुद्ध कानुनी कारबाही यस्तो छएसिड आक्रमण गर्नेलाई १८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था कानुनमा छ ।
एसिड हानेर घाइते मानिसको ज्यान गएमा त्यसलाई कर्तव्य ज्यान मुद्दा लाग्ने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा छ । आक्रमण गरेर शरीर कुरूप बनाउनेमाथि ज्यान मार्ने उद्योग र एसिड प्रहार गरी शरीर कुरूप बनाएका दुई कसुरमा मुद्दा चल्ने संहितामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (२) मा कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो अपराधमा संलग्न हुनु हुँदैन ।
यस्तो कसुर गर्ने/गराउनेलाई १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । जरिवाना बापत प्राप्त हुने पूरै रकम पीडितलाई दिनुपर्ने कानुनमा व्यवस्था छ ।







