October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

नेबिसंघ बाराद्वारा अमलेखगञ्ञका स्थानीयलाई राहत वितरण

बारा । असार ८। नेपाल बिद्यार्थी संघ जितपुरसिमरा उपमहानगरपालिका समितिले आज एक कार्यक्रम बिच अमलेखगञ्ञमा राहत वितरण गरेका छन्।

नेपाल विधार्थी संघका नगर सभापति लक्ष्मी कान्त पौडेलको अध्यक्षतामा समपन्न कार्यक्रममा संविधान सभा सदस्य मधु शाही ठकुरीको प्रमुख अतिथि रहेको थियो।

कोरोना महामारीबाट प्रभावित व्यक्ति तथा विपन्न जितपुर सिमरा उपमहानगर पालिका वडा नं. २१ र २२ अमलेखगञ्ञका कोरोना महामारीबाट प्रभावित व्यक्ति तथा विपन्न स्थानीयहरुलाई सो राहत वितरण गरिएको हो। महानगरीका कारण जीविकोपार्जना समस्या भएको स्थानियलाई ३०/३० किलोग्राम चामलको बोरा, तेल, दाल र नुन वितरण गरिएको नेबिसंघकी निवर्तमान केन्द्रीय
सदस्य नेत्री मेघा शाहीले जानकारी दिइन्।

उक्त कार्यक्रममा नेबि संघ जितपुरसिमरा उपमहानगरपालिका समिति अध्यक्ष लक्ष्मी कान्त पौडेल, नेबिसंघ निवर्तमान केन्द्रीय सदस्य मेघा शाही, प्रदेश नं २ नेबि संघकी संयोजक रीता रिजाल, नगर सचिव धिरज कार्की, जीवन राई, कृष्ण पौडेल, सागर तिवारी लगायतकाे उपस्थिति रहेको थियो।

शीर्ष समाचार

धेरै पढिएको