July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

नर्भिक अस्पतालले निशाकाे उपचार थालेपछि फेरिदै अनुहार, पुर्णरुपमा ठिक हुने परिवारकाेआशा

काठमाडौं जेठ ३० गते । करिब ३ वर्षदेखि दुर्घटनामा परि मृत्युको मुखमा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उपचार पाइरहेकी छिन् । समाजसेवी तथा नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालको विशेष पहलमा नर्भिक अस्पतालले घिमिरेको निशूल्क उपचार गर्ने भयको छ। दाहालको पहलमा धेरैले नँया जीवन पाएका छन् ।

मिडियाहरुमा छाउने र चर्चा राम्रो बटूलेकि मोडल निशा घिमिरेको अहिलेको अवस्था र व्यक्तित्व पत्याउनै नसक्ने छ । पछिल्लाे समय चर्चाको शिखरमा रहेकि मोडल निशा घिमिरेकाे,आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै होस गुमाएको अवस्थामा थलिएकि थिइन् । तीन वर्षअघि अभिनय कलाको पठनपाठन गर्न जाने क्रममा इन्डियामा कार दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । अवस्थामा सुधार हुन सकेन ।

त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी पनि गरिएको थियो । निशाको लागि पहिलेपनि सहयोग रकम जूटाई सहकार्य भयको थियो तर केहि हुन सकेन । अहिले निशाकाे विषय देशव्यापी बनेकाेछ ।र उनकाे न्यून आर्थिक अवस्था भएको परिवारमा थाेरै आशा पलाएको छ । काठमाडौंकाे नम्बर वान अस्पतालले निशाकाे सम्पुर्ण उपचार चार गरिने भनिएकाे छ ।

नर्भिक अस्पतालले उपचार शुरु गरेपछि निशा पहिलेभन्दा केही फरक देखिन थालेकाे छ । २३ वर्षकी निशा दुर्घटना पछि हाड र छाला मात्र शरिरमा देखिने उनी अहिले केही उज्यालो अनुहार देखिन थालेकि छन् जस्ले गर्दा परिवारमा अब निशा पुर्ण रुपमा ठिन हाेलाकि भन्ने आशमा वसेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको