August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म

काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

यसअघि ७ भदौदेखि गर्ने गरी महाधिवेशनको मिति तोकिएको थियो । कांग्रेसले यो प्रस्तावलाई अब केन्द्रीय समितिमा लैजाने भएको छ । बैठकले असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय पनि गरेको छ । यसैगरी, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको