November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

गण्डकी प्रदेशका विपक्षी सांसदको प्रदेश प्रमुख निवासमा धर्ना

कास्की, जेठ २९ गते । प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणकाे दबाब दिन  गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् ।

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेपनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसिरहेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन त्यहाँ पुगेकाे बाताइन्छ ।

शीर्ष समाचार

धेरै पढिएको