November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

मुख्यमन्त्री शाही र राउटे समुदायका युवाबीच भेट, खाद्यान्न व्यवस्था गरिदिन माग

सुर्खेत, फिरन्ते जिवान बिताउदै आएका राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्नको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग शुक्रबार भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिएका छन् ।

उनले सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए ।

शीर्ष समाचार

धेरै पढिएको