November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

नेपालमा काेराेना महामारीकाे अबस्थाबारे बेलायती महारानी एलिजाबेथकाे चासाे

काठमाडौं जेठ २७ । वर्तमान अबस्थामा नेपालमा कोरोना महामारी र खोपको अवस्थाबारे बेलायती महारानी एलिजाबेथले चासो व्यक्त गरेकी छन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बुधबार लन्डनको बकिङ्गघम राजदरबारमा आयोजित एक विशेष समारोहबीच आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा महारानीले उक्त चासो राखेको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तर, सहयोग दिनेबारे भने कुनै जानकारी छैन। हालै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले महारानीलाई एक पत्र लेख्दै खोप सहायताका लागि आग्रह गरेकी थिइन् ।

महारानीले बेलायत नेपालबीच दौत्य सम्बन्धबारे चर्चा गर्दै नेपालको विकास प्रयासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी दूतावासले जनाएको छ ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिइन् । राजदूत रेग्मीले भिडियो लिंकमार्फत विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको