November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)द्वारा गाएन प्रतियोगिता सम्पन्न

दक्षिण काेरिया साैल जेठ २६ । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया सोनसिकले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली विद्यार्थीहरूको साझा संस्था रहेमाे सोनसिकले शैक्षिक कार्यक्रम मात्र नभई विभिन्न क्षेत्रका कार्यक्रमहरुलाई समेट्दै आएको छ। कोरियामा बसोबास गरिरहेका विद्यार्थीहरु मात्र नभएर संगीत  क्षेत्रलाई माया गर्ने सम्पूर्ण नेपाली साङ्गतिक मनहरुलाई समेट्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको साेनसिकका अध्यक्ष राजाराम श्रेष्ठले बताए ।

उक्त कार्यक्रमलाई HANNESA को मुख्य प्रायोजन रहेकाे थियाे भने कार्यक्रममा  Sentbe, Hanpass,स्टाररेमिट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा, Nirosha Restaurant को प्रायोजन  तथा श्री हरि थापा र श्री बखत थापाको सहयोग रहेको थियो।

करिब एक महिनासम्म चलेको प्रतियोगिता: डिजिटल अडिसन, टप १५  र  टप  ५  गरेर  विभिन्न चरणहरु पार गर्दै टप ५ प्रतियोगीहरुबाट सन् २०२१, जून ६ तारिकमा विजेता घोषणा गरिएको हाे ।

यस प्रतियोगितामा श्री जगदीश कुमार खत्री प्रथम भएका हुन् । त्यसैगरी तृष्णा किसुजु दोस्रो र मुना पौडेल तृतीय भएका हुन् । प्रथम, दृतिय, र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरूले क्रमश: पाच लाख वन, तीन लाख वन र दुई लाख वोन पुरस्कार सँगै प्रमाण पत्र  प्राप्त गरेका छन् ।श्री सुन्दर बरुवालको संयोजकत्वमा सम्पन्न कार्यक्रम सोनसिकका १७औं कार्यसमितिका सचिव डा. टोङकिङ्ग बास्तोलाले सञ्चालन गरेका थिए ।

कार्यक्रमकाे निर्णायकको रुपमा नेपाल र कोरियाबाट गायक तथा संगितकार  D.R Atu, श्री बालकृष्ण सेवाचार्य र श्री मिलन थापाले भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम सोनसिककोआधिकारिक फेसबुक पेज र  युटुव च्यानल मार्फत प्रसारण गरिएको हाे । जसमा भिडियो सम्पादन उक्त सस्थाका सचिब  डा. टोनकिङ्ग बास्तोला, सभापति राजाराम श्रेष्ठ,  र सदस्य जितेन्द्र श्रेष्ठले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास द.कोरियाका कार्यबाहक राजदुत श्री रामसिंह थापा,र साेनसिकका संस्थापक अध्यक्ष एवं सोनसिक १७ औं कार्यसमितिका सल्लाहकार  प्रोफेसर डा. जनार्दन लामिछाने HANNESA सभापति प्रोफेसर डा. Kim Kook Hyun , HANNESAका  उपाध्यक्ष डा. राजेशचन्द्र जोशी रहेका थिए । 

त्यस्तै कार्यक्रमको सफलताका लागि शुभकामना दिनुहुने गायक श्री प्रकाश सपुत, गायक श्री कमल खत्री, गायिका श्रीमती सत्यकला राइ, गायक श्री सन्तोष बस्याल, गायक श्री तिर्थ गुरुङ, गायक श्री रुपक डोटेल, गायक / संगीतकार श्री बिनित जोजिजु ज्यू तथा गायिका सुश्री तारा श्रीष मगर ज्यूहरुको शुभकामना तथा साङ्गितिक कोशेलीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। 

संस्थाका अध्यक्ष राजाराम श्रेष्ठका अनुसार  विभिन्न सहयोगी संस्थाहरु र सहयोगी महानुभावहरुको सहयोगले कार्यक्रम सोचेअनुरुप सम्पन्न भएको हाे । अध्यक्ष  श्रेष्ठले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सोनसिकका सम्पूर्ण अतिथि, निर्णायक,र पूर्व-पदाधिकारी, सल्लाहकार र कार्यसमिति तथा उप समितिका सदस्यस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा सहभागी  सम्पूर्ण प्रतियोगीहरु र बिजयी भएका प्रतियोगिलाई बधाई एवम् शुभकामना दिदै कार्यक्रम अवधिभर साथ दिनुहुने सम्पूर्णलाई संथाका सचिव तथा यस कार्यक्रमका संचालन डा. टोनकिङ्ग बास्तोलाले धन्यवाद ज्ञापन गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको