April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

नोविल बैंकको एटिएम मेशिन फुटाउने एक भारतीय पक्राउ

उदयपुर, उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवा भारत घर बताउने गरेको र उदयपुरको गाईघाट बजारकै एक फर्निचर उद्योगमा काम गर्ने २१ वर्षीय युवा भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैँकभित्र प्रवेश गरेर एटिएम मेसिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।

मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवा भागेर बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्लाका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिएका छन् ।

उक्त युवाले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भनेर प्रहरीले पक्राउ गरिएका युवालाई हाल अनुसन्धान शुरु गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको