June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

इलाममा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

इल्सम, जंगली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको यहीँ जेठ २२ गते राति मृत्यु भएको हो ।

इलामका डीएसपी लालधव्ज सुवेदीका अनुसार जंगली च्याउ खाएका बिरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था पनि सामान्य छ ।

जेठ २२ गते राति बिरमान राईको घरमा उनीहरुले च्याउ खाएका थिए । च्याउ खाएलगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो ।

यसैगरी त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागी बीएण्डसी अस्पताल झापा रेफर गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको