June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

माओवादी केन्द्रमा फर्कने भन्ने समाचारप्रति रायमाझीको गम्भीर ध्यानाकर्षण

काठमाडौं, नेकपा एमाले नेता टोपबहादुर रायमाझीले आफूलाई नेकपा माओवादी केन्द्रमा फर्कने भन्ने समाचारहरु आधारहिन, भ्रमपूर्ण एवम् कपोकल्पित रहेको भन्दै ध्यानाकार्षण भएको बताएका छन् ।मंगलबार उनले एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा स्पष्ट पारेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा कुसी मोह, अस्थिरता, परिवारवाद एवम् भ्रष्ट आचरण रहेका कारण उहाँ राजनीतिक एवम् वैचारिक रुपमा नै विचलित भई सिंगो पार्टीलाई विघटन र विसर्जाको दिशामा अगाडि बढाउदै कांग्रेसको शरणागतमा पुगेको स्थिती रहेको समेत बताए ।

यसैगरी देशको सुशासनसहितको स्थिरता एवम् चौतर्फी विकासका लागि प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको