June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

थप ४ हजार ४७२ जनामा काेराेना पुष्टि,९२ जनाकाे मृत्यु

काठमाडौं , जेठ २४ गते पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२ जनाकाे मृत्यु भएको हाे । १७ हजार ९०३ जनमा परिक्षण गर्दा ४४७२ जना संक्रमित थपिएका हुन् याे सँगै नेपालमा संक्रमितकाे कुल संख्या ५ लाख ९१ हजार ४९४ जना पुगेकाे छ ।

त्यस्तै आज थप ६ हजार ९५१ निकाे भएका हुन् । हालसम्म नेपालमा कुल निकाे भएर घर जानेकाे संख्या ४ लाख ९७ हजार ९६० जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको