June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै

काठमाडौं, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने भएको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलका अनुसार सर्वोच्च अदालतको फैसलापछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

विपक्षीसँगको छलफलपछि आजै नभए मंगलबार मुख्यमन्त्रीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको