April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

पदमुक्त भएसँँगै मोटरसाइकल चढेर घर फर्किए सोनल

धनुषा, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री आइतवार पदबाट पदमुक्त भएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन् । 

सोमवार बिहान कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै आफूले प्रयोग गर्दै आएको सावरी साधन सरकारलाई बुझाएर मोटरसाइकलमा झोला बोेकेर मन्त्री निवासबाट बाहिरिएका हुन् ।

घर फर्किने क्रममा उनले भने, ‘राजनीतिक यात्राका क्रममा सरकार पिपल चौतारीको छहारी हो । सरकारमा सवा तीन वर्ष बस्ने मौका प्राप्त भयो । यस अवधिमा तीन दिन पनि अराम गरिनँ । प्रदेश र जनताको सेवामा तल्लीन भएँ ।’

मन्त्रीबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने उनले बताउँदै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले फड्को मारेको उनको दावी छ ।

शीर्ष समाचार

धेरै पढिएको