November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

नेबिसंघ बाराद्वारा पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गर्दै निगमलाई ज्ञापनपत्र

बारा, नेबिसंघ बारा जितपुरसिमरा उपमहानगरपालिका समितिले पछिल्लो पटक फेरि वृद्धि भएको पट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन जोडदार माग गर्दै आयल निगमका प्रमुख प्रदिप यादवलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार एक कार्यक्रममार्फत उक्त पत्र बुझाइएको हो ।

ज्ञापनपत्र भनिएको छ, “नेपाल विधार्थी संघ नेपालकै भन्दा पहिलो विधार्थी संगठन रहेको र यसको काल देखि नै देश तथा समाजमा रहेको बिकृति विसंगतिहरु को बिरुद्ध हरदम अवाज उठाइएको एक मात्र विधार्थी संगठन रहेको यहाँहरू समक्षय सर्वबिधिति छ । हाल विश्वभरम फैलिरहेको कोभिड १९ ले विश्वजगत साथै नेपालभरि र यस नगरका प्रत्यक नगरबासी विधार्थी कृषड, श्रमिक, मजदुर, कर्मचारी पत्रकार, लगायत सम्पूर्ण आमजनतामा प्रत्यक्षय असर पर्ने गहिरहेको अवस्थामा नेपाल सरकार को बि.स.२०७८ जेष्ठ महिनाको २ गते र २२ गतेको निर्णय अनुसार डिजल पेट्रोल र दुइको दरले लगातार मूल्य बढाउनु सरासर गलत निर्णय भएको छ ।”

उक्त निर्णय तत्काल खारेज गरि पेट्रोलियम पदार्थका मूल्य घटाई जनता लाई राहतको सास फेर्न दिनु हुन र जनतालाई थप आतंकित नबनाउन हुन् नेपाल विधार्थी संघ जितपुरसिमरा उपमहानगरपालिका समितिको माग छ ।

यसैगरी नेबिसंंघले विश्वव्यापी महामारी कोभिड-१९ संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अन्तिम संस्कार गर्ने वातावरण बनाई दिन पनि माग गरेको छ ।

सो कार्यक्रममा नेबिसंघ जितपुर सिमरा उपमहानगरपालिकाका अध्यक्ष लक्ष्मी कात पौडेल, उपाध्यक्ष रामबाबु तामाङ्ग, सचिव धिरज कार्की, कोषाध्यक्ष रिता रिजाल लगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको