June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

हुम्लाको सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

सिमकोट, हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको हो ।

आएको तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाईमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना सङ्क्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको प्रजिअ आचार्यले बताए ।

यसैगरी हुम्लामा हवाईमार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घण्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला डिसीसिएमसीले बनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको