June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

उपप्रधानमन्त्री महतोलाई २४ घण्टाभित्र देश निकाला गर्न माग

काठमाडौं, कामचलाउ सरकारले पछिल्लो मन्त्रीपरिषद् विस्तार गरेको घटनाप्रति नयाँ पार्टी, नेपालले गम्भीर भएको ध्यानाकर्षण जनाएको छ ।नयाँ पार्टी, नेपालले उप-प्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरेकाे छ ।

उक्त पार्टीले शनिवार विज्ञप्ति जारी गर्दै भनेको छ ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा यसरी सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम भएको नयाँ पार्टी, नेपालको ठहर छ ।

यस्तै वर्तमान सरकारका उप-प्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्ने क्रममा नेपालमा बहुराष्ट्रिय राज्य प्राप्तिको लागि मुक्ति आन्दोलन गर्नु पर्ने भन्ने भनाई प्रति सो पार्टीले आपत्ति प्रकट गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको