November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

हेर्नुहोस तपाईंको आजको राशिफल: ज्येष्ठ २३ गते, आइतबार

काठमाडौं, आज मिति २०७८ ज्येष्ठ २३ गते आइतबार, इस्वीसंवत जून ६ तारिक सन् २०२१ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा रुद्र मुहूर्तमा भएको छ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५६ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : स्वास्थ्य भरपर्दो रहनेछ । घुमेको धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ ।

वृष : तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकांक्षी योजना कार्यान्वयन गर्दा गोप्य राखेमा मात्र सफलता पाइनेछ ।

मिथुन : लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।

कर्कट : समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

सिंह : स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ ।

कन्या : वास्थ्यमा खास कुनै गड्वढी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन् । तर संघर्ष भने खूब गर्नुपर्नेछ ।

तुला : मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

वृश्चिक : पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक भावना सञ्चरण हुन सक्छन् । कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । समग्रमा समय शुभ छ ।

धनु : बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रशन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ ।

मकर : बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुन सक्छन् । तर्क, वहस र वादविवादमा आज नलाग्नुहोला ।

कुम्भ : आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज छैन ।

मीन : समय अत्यन्तै खराम छ । तपाईंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको