
नवलपुर – लगातारको वर्षाका कारण कावासोती खोलामा आएको बाढीले किनारको जमिन कटान गरेको छ । लगातारको वर्षाका कारण नवलपुरका साना तथा खहरे खोला समेत बढेपछि खोला किनारमा जमिन कटान गरिरहेको स्थानीयले जानकारी दिएका छन् । लगातारको वर्षाले कावासोतीको केरुङ्गे ( कावासोती ) खोला र पथ्थरे खोलामा बाढी आउदा कटान गरिरहेको छ । कावासोती खोलाले कावासोती १४ को हेगौलिमा विजुलीको पोल बगाउन थालेपछि खोलाको कटान नियन्त्रणको काम थालिएको छ ।
कावासोती वडा नम्बर १४ का वडा अध्यक्ष जित वहादुर महतो सहित वडा सदस्य तथा स्थानीय समेतको पहलमा डोजर लगाएर खोला किनारमा च्यानालाईज गर्ने र जालीमा ढुङ्गा भरेर राख्ने काम थालिएको हो । निरन्तर रुपमा वर्षा भएमा वडा नम्ब १४ , १५ र १६ का विभिन्न गाउ र टोलमा बाढिले कटान गरेर बस्तिमा पस्न सक्ने भएकाले पानिको बहाव परिवर्तन गरेर नियन्त्रण गर्ने काम थालिएको वडा नम्बर १४ का अध्यक्ष महतोले बताउनुभयो । यस्तै गरि बाणखोलामा समेत बाढि आएपछि कावासोती १५ अमलटारी , कावासोती १० चिलाहा लगायतको गाउमा डुबानको जोखिम बढेको छ । पानि नरोकिए खोलामा पानिको सतह बढेर गाउमा नै पस्न सक्ने जोखिम बढेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।





