June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

सङ्खुवासभामा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

file photo

किमाथाङ्का, सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।

वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहालका अनुसार
गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको