April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

झापामा थप तीन कोरोना संक्रमितको मृत्यु

file photo

दमक, झापाको लाइफलाइन अस्पतालमा गत २४ घण्टाभित्र थप तीन सङ्क्रमितको मृत्यु भएको छ । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

सोही अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन् । गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको