June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

सर्वोच्चको पुर्ण बैठक आज बस्दै

काठमाडौं, कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका अन्य विषयमा छलफलका लागि आज सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ ।आजको उक्त छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । 

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने कुरा मुख्य एजेण्डा भएको बताए । 

सर्वोच्चले हाल कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको