April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

बङ्गलादेशमा रहेका प्रवासी नेपालीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारलाई कोरोना विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेका छन् ।

बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरेको उक्त दूतावासले आज जनाएको छ ।

सोही अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।    

शीर्ष समाचार

धेरै पढिएको