June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

पाकिस्तानमा प्रोड्युसरसँग भनाभन पर्दा पालेद्वारा अन्धाधुन्ध गोली प्रहार, नौ जना घाइते

file photo

इस्लामबाद, पाकिस्तानको कराँचीमा टेलिभिजन कार्यक्रमको छायाङ्कनको क्रममा बुधबार सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन् ।

छायाङ्कन भइरहेको बेला बंगलामा पाले कार्यरत रहेका थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निवास नजिकै भइरहेको छायाङ्कनको क्रममा गोली चल्दा २२ देखि ४० वर्ष उमेरका नौ जना घाइते भएका हुन् ।

कराँची प्रहरीले एक वक्तब्य जारी गरी सुरक्षा पाले गुल भाइको कार्यक्रमका प्रोड्युसरसँग भनाभन पर्दा अचानक फायरिङ सुरु गरेको उल्लेख गरेको छ भने हाल सुरक्षा पालेलाई नियन्त्रणमा लिइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको