June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

डब्लुएचओद्वारा नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । हाल नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पत्रिकामा समेत नेपाल भेरियन्ट भनी खबर प्रकाशित हुन थालेपछि डब्लुएचओले नेपालमा अहिले फैलिएको भाइरस अन्यत्र पनि फैलिइरहेको डेल्टा (बी.१.६१७.२) नाम दिइएको कोरोना भाइरसको भ्यारियन्ट रहेको उल्लेख गरेको छ ।

डब्लुएचओले हाल विश्वभर तीन प्रकारका कोरोना भाइरस पुष्टि भएको जनाएको छ । जुन अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । नेपालमा भने दोस्रो प्रकारको भाइरस फैलिइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको