April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

पत्रकार ऋषि धमलाको टेलिभिजनको ‘प्रेस कार्ड’ दुरुपयोग गर्ने श्रेष्ठ पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं, काठमाडौं उपत्यकामा प्रेस कार्डको दुरुपयोग गर्ने एक जनालाई ट्राफिक प्रहरी महाशाखाले मंगलवार पक्राउ गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका घर भई हाल गोलढुंगा बस्ने २६ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले पत्रकार ऋषि धमला सञ्चालक रहेको प्राइम टाईम्स टेलिभिजनको प्रेस कार्ड बोकेका थिए ।

महाशाखाका अनुसार प्र३ ०२ ००६प ५८६१ नम्बर पल्सर मोटरसाइकलमा सवार श्रेष्ठले मनोज खत्रीको प्रेस कार्ड प्रयोग गरी दुरुपयोग गरेको देखिँदा पक्राउ गरी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको