
नेपालगंज – ४ साउन नेपालगंज उ.म.न.पा.१० गणेशमान चोक स्थित लागू औषध परामर्श केन्द्र नेपालगंज बाँकेको प्राङगणमा सामुदायिक सेवा केन्द्र बाँके तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री राम बहादुर कुरुम्वाङ ज्यूको प्रमुख आथित्यतामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना ज्यू समेतको उपस्थितिमा मानवीय जिवन रक्षाका लागि रक्तदान कार्यक्रम सु-सम्पन्न भयो ।
उक्त कार्यक्रममा यस कार्यालय तथा मातहत समेतमा कार्यरत ९८ जना प्रहरी कर्मचारी र ३ जना सर्वसाधारण गरी जम्मा १०१ जनाले रक्तदान गरेका छन । सबै रक्तदाताहरु तथा रक्त संकलनमा खटिएका डाक्टर र रेडक्रसका स्वयमसेवकहरुलाई सामुदायिक सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर र यस कार्यालयका कार्यालय प्रमुख प्र.उ.ओम बहादुर रानाज्यूले प्रमाण पत्र वितरण गर्दै धन्यवाद ज्ञापन गरेका छन ।







