October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको