October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

पूर्वअध्यक्ष लेखराज गाैतमकाे काेराेनाकाे कारण मृत्यु

काठमाडौ , जेठ १७ । नेकपा एमाले काभ्रे जिल्लाकमिटी सदस्य तथा युवा संघ काभ्रेका पूर्वअध्यक्ष युवा नेता तथा अधिबक्ता लेखराज गौतमको कोरोना संक्रमणको कारणले सोमबार ओम अस्पतालमा निधन भएको छ । दुई साताअघि अक्सिजन लेभल घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पछिल्लो समय अवस्था नाजूक हुदै गएपछि उनलाई सोहि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आइसियुमा राखेर गरिएको उपचार सफल हुन नसकेपछि भेन्टिलेटरमा सारिएको थियो । एक पटक रिपोर्ट नेगेटिभ आयता पनि उनि शारिरिक रूपले अश्वस्थ थिए।

काभ्रेको चौरीदेउरालीका स्थायी बासिन्दा रहेका गाैतम उक्त भेगमा मात्रै नभएर जिल्लामै लोकप्रिय युवा नेताको रुपमा चिनिन्छन् । गत स्थानीय चुनावमा चौरी देउराली गा.पा. बाट अध्यक्षको पदमा उमेदवारि दिएका थिए।गाैतमका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

गौतमको निधनले काभ्रेको सिंगो कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ । किशोर अवस्था देखिनै पार्टीको कार्यमा कृयाशिल र सकृय रहँदै आएका थिए ।जनताको सुखदुखमा साथ दिने र सधै सामाजिक कार्यमा हातेमालो गर्ने नेताको अन्त्यले काभ्रेवासि दुखि बनेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको